सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (शुक्रबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ९०० रहेकोमा बिहीबार रु १ लाख ३ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ४०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख २ हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ३६५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३६० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार