नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० पुस ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका थोरै भू-भागहरूमा हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।