यस साता कतिले बढ्यो सुनको मूल्य ?

गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य बढेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ४०० मा कारोबार भएको थियो । यसअघि गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार ३ ०० र तेजाबी सुनको मूल्य १ लाख १ हजर ८०० रुपैयाँ थियो ।



जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी यो साता चाँदीको मूल्य भने अथिर रहेको छ । हिजो (शुक्रबार) एक हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी गत साताको शुक्रबार पनि एक हजार ३६५ रुपैयाँ थियो ।

 

सम्बन्धित समाचार