नवकान्तिपुर संवाददाता
काठमाडौं, १ माघ ।
पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानबाट हालसम्म ३६ जनाको शव निकालिएको छ । आइतबार बिहान १०ः ३३ मा काठमाडौँबाट पोखराको लागि उडेको यति एयरलाइन्सको–एन एएनसी एटीआर विमान सेती खोँचमा दुर्घटना भएको हो ।
विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार । दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् ।
फोटो- रासस
यो पनि पढ्नुस :