सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (आइतबार) सुनको मूल्य १ हजार १०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार रहेकोमा शुक्रबार रु १ लाख ३ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ५०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ३ हजार ४०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार ३९० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

 

 

 

सम्बन्धित समाचार