स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । आइतबार राति भएको फाइनलमा रियल मड्रिडलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले उपाधि चुमेको हो ।

बार्सिलोनालाई उपाधि दिलाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले समान १-१ गोल गरे भए रियल मड्रिडका लागि करिम बेन्जिमाले सान्त्वना गोल गरे । एकतर्फी बनेको खेलमा खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।



पहिलो हाफ २-० मा सकिएको खेलमा खेलको ६९ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बेन्जिमाले एक गोल गोल गरेपनि त्यो ढिलो भइसकेको थियो र खेल बार्सिलोनाले ३-१ ले जित्दै पाँच वर्षपछि सुपर कपको उपाधि जितेको हो ।

 

 

 

 

सम्बन्धित समाचार