नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ
आइतबार पोखरामा दुर्घटनमा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शवको पहिचान खुलेको छ । आइतबार बिहान १०.३३ मा पोखराका लागि उडेको यति एयरलायन्सको एनवाइटी– ६९१, नाइन एन–एएनसी कलसाइन भएको जहाज करिब ११ बजेतिर विमान पोखराको घारीपाटन नजिकै सेतीको खोँचमा दुर्घटना भएको थियो ।
विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए ।
पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए । त्यस्तै हराइरहेका ३ जनाको बिहानैदेखि खोजि भइरहेको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।
दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा
पर्वतको कुश्मा -१ का १० वर्षका रियान पौडेल
पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ
पोखरा ७ की लक्ष्मी पौडेल
पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल
पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य
पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही
पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर
पर्वत कुश्मा -९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी
रुपन्देही शंकर ८ का डा. गणेश थापा
काठमाडौँकी नतु परियार, रीता परियार, हरि परियार
पोखरा ८ की एसमिन गुरुङ
पोखराको बुद्धचोकका पूजन राना
बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ
पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ
पर्वत मोदी १ की रचना काफ्ले पौडेल
पोखरा २२ का रक्की गुरुङ
कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ
पोखराको छोरेपाटनकी जीवनकला गुरुङ
कोरियन नागरिक यु क्युघुल
रसियन नागरिक जुरिज लेगिन र एलेन