नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ ।
नेपालमा आज (सोमबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार २०० रहेकोमा आइतबार रु १ लाख ५ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ७०० रहेकामा आइतबार प्रतितोला रु १ लाख ४ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि आइतबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ४०० मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३९० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।