लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा

लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको ‘रिप्ले’ खेलमा उल्भ्सलाई १-० ले पराजित गर्दै लिभरपुल चौंथो चरणमा पुगेको हो ।

गत शनिबार भएको खेलमा यी दुई टोलीले २-२ गोलको बराबरी खेलेपछि पुन: रिप्ले खेल भएको हो । लिभरपुललाई जित दिलाउन हार्भे इलियोटले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १३ औं मिनेटमा थियागोको पासमा इलियोटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।



पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन नसकेपछि इलियोटको गोल नै लिभरपुललाई चौंथो चरणमा प्रवेश गर्न पर्याप्त रह्यो । यद्यपि दुबै टोलीले केही गोल गर्ने अवसर खेर फालेका थिए । त्यस्तै लुटोन टाउन, वेस्ट ब्रुम, ब्रिस्टोल सिटी र बिर्मिनघम सिटी पनि एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार