इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

इटालियन सुपर कपको उपाधि इन्टर मिलानले जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३-० ले पराजित गर्दै इन्टरले मिलानले उपाधि जितेको हो ।

इन्टर मिलानलाई उपाधि दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटरो मार्टिनेजले समान १-१ गोल गरे । एकतर्फी बनेको खेलमा खेलको १० औं मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २१ औं मिनेटमा इडेनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।



पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा इन्टर मिलानले थप एक गोल गर्यो । त्यसपछि खेलको ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई ३-० को सहज जित दिलाए । योसँगै इन्टर मिलानले सातौं पटक इटालियन सुपर कपको उपाधि जितेको छ ।

 

 

सम्बन्धित समाचार