आज कति छ सुनको मूल्य ?

नेपालमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ५०० रहेकोमा बुधबार पनि रु १ लाख ४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार रहेकामा बुधबार पनि प्रतितोला रु १ लाख ४ हजार मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा २० रुपैयाँ घट्दै एक हजार ३५५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३७५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार