डिजिटल होम इन्टरनेशलसँग ताइवानी कम्पनीको प्राविधिक सहकार्यमा सम्झौता

नेपाली बजारमा स्थापित डिजिटल होम इन्टरनेशलको ब्रान्ड डिएचआईले ताइवानको प्रसिद्ध प्राविधिक कम्पनी, स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई आफ्नो प्राविधिक साझेदार बनाएको छ ।

यस साझेदारीले डिएचआईका होम एप्लायन्स तथा होम इलेक्ट्रोनिक्सको उत्पादनहरुको गुणस्तर, डिजाइन र सेवामा वृद्धि गर्दै नयाँ विद्युतीय उपकरणहरु बजारमा ल्याउने डिएचआईका प्रमुख केशवकान्त पौडेलले बताए ।



सेट अप बक्सहरुको निर्माण र वितरणमा सफलता हात पारिसकेको डिएचआइको अबको लक्ष्य देशभरका ग्राहकहरुलाई आफ्ना होम एप्लायन्स र इलेक्ट्रोनिक उत्पादनहरुमार्फत उच्चस्तरीय सेवा र सुखद् अनुभव प्रदान गर्ने रहेको बताइएको छ ।

साथै दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकास र बजारको माग पूर्ती गर्न सहयोग पुग्ने कम्पनीको विश्वास रहेको जनाइएको छ ।

सम्बन्धित समाचार