सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (शुक्रबार) सुनको मूल्य ७०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार २०० रहेकोमा बिहीबार रु १ लाख ४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ७०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख ४ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै एक हजार ३७५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३५५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार