बायर्न बराबरीमा रोकियो

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख बबरिमा राकिएको छ । शुक्रबार राति भएको खेलमा बायर्न म्युनिख आरबी लाइपजिगसँग १-१ को बराबरी रोकिएको हो ।



निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३७ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्न म्युनिखलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा आरबी लाइपजिगले वक गोल गर्यो ।

खेलको ५२ औं मिनेटमा आरबी लाइपजिगका मार्सल हल्स्टनवर्गले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकियो । यद्यपि दोस्रो हाफमा दुबै टोलीले केही सुन्दर अवसर खेर फालेका थिए । बराबरीसँगै बायर्न १६ खेलमा ३५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा २९ अंक जोडेको आरबी लाइपजिग तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार