यस साता कतिले बढ्यो सुनको मूल्य ?

गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य बढेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ७०० मा कारोबार भएको थियो । यसअघि गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ९०० र तेजाबी सुनको मूल्य १ लाख  ३ हजार ४०० रुपैयाँ थियो ।



जुन, यो साताको शुक्रबारसम्म प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । त्यसैगरी यो साता चाँदीको मूल्य भने घटेको छ । हिजो (शुक्रबार) एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी गत साताको शुक्रबार पनि एक हजार ३८५ रुपैयाँ थियो ।

 

सम्बन्धित समाचार