सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (आइतबार) सुनको मूल्य २०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार रहेकोमा शुक्रबार रु १ लाख ५ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ५०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ४ हजार ७०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै शुक्रबारको मूल्य अनुसार नै कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३७५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार