सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (सोमबार) सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ३०० रहेकोमा आइतबार रु १ लाख ५ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ८०० रहेकामा आइतबार प्रतितोला रु १ लाख ४ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि आइतबारको तुलनामा ५ रुपैयाँ बढ्दै एक हजार ३८० मा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३७५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार