नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (मंगलबार) दिउँसो २ हजेर ४३ मिनेट जाँदा बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का सुदूरपश्चिम नेपालका जिल्ला लगायत पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस गरिएको थियो ।
भूकम्पका कारण बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको छ । यो गोरखा भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।