नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । आज (मंगलबार) दिउँसो ३ बजेतिर उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनलाई उद्दार गरी उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ ।
संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै आचार्यले आत्मदाहको प्रयास गरेका हुन् ।