सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा मंगलबार रेकर्ड कायम गरेको सुनको मूल्य आज (बुधबार) भने १०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार २०० रहेकोमा मंगलबार रु १ लाख ६ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ७०० रहेकामा मंगलबार प्रतितोला रु १ लाख ५ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारकै मूल्य अनुसार कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले मंगलबार रेकर्ड कायम गरेको थियो । मंगलबार एकै दिन तोलामा एक हजार रुपैयाँ वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको हो ।

स्थानीय बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ८०० मा कारोबार भएको थियो । यसअघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

 

सम्बन्धित समाचार