सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, आज कति पुग्यो तोलाको ?

सुनको मूल्यले फेरि रेकर्ड कायम गरेको छ । बिहीबार तोलामा ७०० रुपैयाँ वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । गत मंगलवार सुनको मूल्य १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो ।

स्थानीय बजारमा आज (बिहीबार)  छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ९०० रहेकोमा बुधबार रु १ लाख ६ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ४०० रहेकामा सोमबार प्रतितोला रु १ लाख ५ हजार ७०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार ३८० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

 

सम्बन्धित समाचार