यस साता कतिले बढ्यो सुनको मूल्य ?

गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य बढेको छ । गत साताको शुक्रबार भन्दा यो साताको शुक्रबार सुनको मूल्य ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ३०० मा कारोबार भएको थियो । यसअघि गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।



जुन, यो साताको शुक्रबारसम्म प्रतितोला ६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी यो साता चाँदीको मूल्य पनि बढेको छ । हिजो (शुक्रबार) एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी गत साताको शुक्रबार पनि एक हजार ३७५ रुपैयाँ थियो ।

 

सम्बन्धित समाचार