सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (आइतबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार रहेकोमा शुक्रबार रु १ लाख ५ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ५०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ५ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार ३६५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३८० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ६ हजार ४०० मा कारोबार भएको थियो । यसअघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

 

सम्बन्धित समाचार