यस्तो छ एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको २० बुँदे ज्ञापन पत्र (ज्ञापनपत्रसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको छ । आज (मंगलबार) प्रधनमन्त्री निवास बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

अध्यक्ष नेपालले देशको आर्थिक संकट समाधानको विषयमा तत्काल कदम चल्न आग्रह गरेको हो । उनले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ-धौ भइरहेको भन्दै मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेकोसमेत तत्काल आर्थिक रणनीति अपनाउन उल्लेख गरिएको छ ।



एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको २० बुँदे ज्ञापन पत्र

अध्यक्ष नेपालद्वारा हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ । ‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस् ’ ज्ञापन पत्रमा लेखिएको छ । त्यस्तै बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गर्दै महँगी बढ्दै जाँदा जनतामा निराशा र राजनीति प्रति नै वितृष्णा देखिएको एकीकृत समाजवादीको पत्रमा उल्लेख छ ।

त्यस्तै, भौतिक निर्माण विकासका योजना निर्माण र बजेट विनियोजन प्रणालीमा आमुल परिवर्तन गर्न, भौतिक विकास निर्माणको योजना, उत्पादन बिक्रीतर्फ अति आवश्यकताको क्षेत्र छनोट गरेर रोजगारी वृद्धि हुनेगरी युवा, श्रम शक्ति देशमै अडाउने योजनाका साथ खर्च गर्ने, सोही अनुसार बजेट विनियोजन गर्ने प्रणाली स्थापित गर्न, बहुवर्षीय योजनाका नाममा नाम मात्रैको बजेट छुट्याउने र वर्षौंवर्षसम्म आयोजना पूरा नहुने परिपाटी अन्त्य गर्न माग गरेको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको २० बुँदे ज्ञापन पत्र :

ज्ञापन पत्र

सम्बन्धित समाचार