नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ माघ ।
सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय गर्नुका साथै श्रीलङ्काको स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सवमा परराष्ट्रमन्त्री सहभागी हुने सरकारको निर्णय छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री विमला राई पौड्यालको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय
राष्ट्रिय योजना आयोगको सदस्यमा मा सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई नियुक्त गर्ने निर्णय
परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अमरपुर–ढुङ्गेसाँघु एक सय ३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन आयोजनाका इन्जिनियर नितेश यादवलाई तोक्ने निर्णय
नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोग र उपआयोगको बैठक नेपाल बेल्जियम दुई पक्षीय संयत्रको बैठकको सम्बन्धमा (२ फेब्रुअरी २०२३) मा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय