प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । अहिले सत्ता साझेदार दलहरुबीच विवाद बढिरहेको छ । त्यस्तै भेटमा गृह मन्त्रालयको जिम्मेवारीका विषयमा केन्द्रित भएर पनि छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।



नागरिकता पुन: प्राप्ति गरेका रास्वपा सभापति लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय अहिले आफैं सम्हालेका छन् । यस्तै भेटमा राष्ट्रपति तथा उपराष्ट्रपतिकोे निर्वाचन बारेमा र सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले बतायो ।

 

सम्बन्धित समाचार