विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । बिहीबार राति विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौब रहेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।



भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।

सम्बन्धित समाचार