रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, के आउँला निर्णय ?

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज (बिहीबार) अपरान्ह साढे ४ बजेका लागि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो ।

बैठक केन्द्रीय कार्यालय बसुन्धारामा बस्नेछ । बैठकमा रास्वपा सरकारमा सहभागिता हुने वा नहुने विषयमा निर्णय हुन सक्ने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए ।



सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए । यसअघि आज रवि लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफू अभिमन्यु नभएको भन्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । त्यस्तै उनले आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न भनेका छन् ।

सम्बन्धित समाचार