यस्तो रहनेछ आजको मौसम

हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार)प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



त्यस्तै आज राति प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका भूभागहरुमा विहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार