नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । बागलुङ, गल्कोट नगरपालिका-९ फापर खेत बस्ने ६६ वर्षीया बिन कुमारी गौतम सोही ठाउंस्थित जंगलको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै गुल्मी, रुरु क्षेत्र गाउँपालिका-२ गुदेनबगर कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता बैतडी, पाटन नगरपालिका-६ गबरजल ढुवानीको भिरमा डडेलधुरा नवदुर्गा गाउँपालिका-५ दुलहिना बस्ने अन्दाजी २५ वर्षीय पदमराज अवस्थी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कैलाली, घोडाघोडी नगरपालिका-१० पहलवानपुर घर भई धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोल डेरा गरी बस्ने ३५ वर्षीय अम्मर बहादुर चौधरी आफ्नै सुत्ने कोठामा बिहीबार मृत अवस्था फेला परेका छन् । यसैगरी सुर्खेत, गुर्भाकोट नगरपालिका-६ गोचेखोला बस्ने २२ वर्षीय दिपक सुनार सोही ठाउँस्थित खोलाको बिच भागमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी ओरालोमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

