नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज )शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीति र घटना क्रमबारे छलफल भएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रीबारे निर्णय गर्न बिहीबार प्रधानमन्त्री र ओलीलाई दुई दिनको अल्टिमेटम दिएको थियो जुन आज सकिँदै छ । त्यसको पूर्व सन्ध्यामा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
यसअघि शुक्रबार ओली निवास बालकोटमा रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ओलीसँग भेटवार्ता गरेका थिए ।