मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ माछापोखरी सडक पेटीमा बस्ने रूकुम खलङगा भर भएकी २६ वर्षीया लब्ली वली भन्ने कल्पना वली सोही ठाउँस्थित टहरोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-१० बाँसबारी चोक बस्ने २२ वर्षीय युवराज धमला आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेपलाञ्चोक, चौरी देउराली गाउँपालिका-४ फलामेखेत बस्ने ४७ वर्षीय सुब्बा नेपाली आफ्नै घरबाट करिब ५ सय मिटर टाढा कोही नबस्ने खाली घरको शौचालयमा बिहीबार राति मृत अवस्थामा फेला परेका छन् ।



यस्तै कास्की, पोखरा महानगरपालिका-१० मिलनटोल डेरा गरी बस्ने चितवन घर भएका ४० वर्षीय कर्ण बहादुर थापा आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता बागलुङ, गल्कोट नगरपालिका-९ फापर खेत बस्ने ६६ वर्षीया बिन कुमारी गौतम सोही ठाउस्थित जंगलको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार