नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।
नेपालमा सुनको मूल्य २ हजारले घटेको छ । स्थानीय बजारमा आज (आइताबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार १०० रहेकोमा शुक्रबार रु १ लाख ६ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ६०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख ५ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य भन्दा ४५ रुपैयाँ घट्दै एक हजार ३२० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । सुनको मूल्यले गत बिहीबार रेकर्ड कायम गरेको थियो । स्थानीय बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ७ हजारमा कारोबार भएको थियो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो ।