पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर समान ३-३ रुपैयाँले बढाएको हो । निगमले मूल्य बढाएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १७५ र डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७१ थियो ।



यस्तै निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ । अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापनको निर्णयअनुसार पेट्रोल र डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ मूल्यसूची :

 

सम्बन्धित समाचार