मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । कञ्चनपुर, भिमदत्त नगरपालिका-३ जनज्योती चोकस्थित काप्रोको रुख मुनि सोही ठाउँ बस्ने भारत बिहार घर भएका ८० वर्षीय मंगल यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काठमाडौं, काठमाडौं महानगरपालिका-८ गौशाला वनकालीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यता ललितपुर, गोदावरी नगरपालिका-३ कोटार डाँडास्थित जंगलको खोल्सामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस्तै दैलेख, गुराँस गाउँपालिका-२ बान्द्रेस्थित लोहरे खोलामा हाल नाम, थर, वतन नखुलेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।त्यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ देउतिथान नजिक गैरीगाउँ खोला पुल मुनी सोही नगरपालिका-१ धारापानी बस्ने ४५ वर्षीय नर बहादुर लामिछाने सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुस्थित लाङटाङ खोला छेउमा रहेको तातोपानीको पोखरीमा सोही ठाउँ बस्ने ६० वर्षीय दावा सोनाम घले सोमबार मृत अवस्थामा फेला परेका छन् । उता पाँचथर, फिदिम नगरपालिका-१३ फेजुङ गौरीगाउँ टोल बस्ने ३३ वर्षीय सोम भन्ने मनोज नेम्वाङ सोही ठाउँस्थित नाङलापा-सिदेस्वर जाल्पा भित्री सडक खण्डको नालामा आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धादिङ, गल्छी गाउँपालिका-६ टटले बस्ने ५५ वर्षीय रामचन्द्र आचार्य आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार