विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । काठमाडौँमा भएको महाधिवेशनले पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटालाई चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन हुँदा महासचिवमा रञ्जु दर्शनालाई चयन भएकी छिन् । यस्तै सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् ।



विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुई/दुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई जना गरी २१ जना चयन गरिनेछ ।

बाँकी २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ । केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि शनिबारै निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

 

सम्बन्धित समाचार