मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । मोरङ, मिक्लाजुङ्ग गाउँपालिका-९ भण्डारी चोक बस्ने ४९ वर्षीय याम बहादुर गौतम आफ्नो सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै झापा, अर्जुनधारा नगरपालिका-२ बेलटार बस्ने इलाम, इलाम नगरपालिका-१२ घर भएका ६३ वर्षीय टिका बहादुर लिम्बु सोही ठाउँस्थित खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता ओखलढुंगा, सिद्धिचरण नगरपालिका-४ चार्खु घर भई हाल सिद्धिचरण नगरपालिका-४ रुम्जाटार बस्ने २२ वर्षीय टेकराज रोका सोही ठाउँस्थित बाँसको कटेरोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै इलाम, रोङ गाउँपालिका-१ खरबाङ जुरे बस्ने ६८ वर्षीय दुर्गामान राई सोही ठाउँस्थित निर्माणाधिन सडकबाट करिब २ सय मिटर तल आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित बागमती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार