मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । उदयपुर, उदयपुरगढी गाउँपालिका-७ कोल्टे बस्ने ६० वर्षीया पबित्रा अधिकारी सोही ठाउँस्थित बलान खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै नुवाकोट, बिदुर नगरपालिका-२ सेरास्थित टोखा छहरे सडक छेउमा लिखु गाउँपालिका-४ चौघडा बस्ने ७१ वर्षीय झिल्के राई सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रूकुम (पश्चिम), मुसिकोट नगरपालिका-१२ नयाँगाउँ बस्ने ५६ वर्षीय धन बहादुर वली सोही ठाउँस्थित लहखोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै रोल्पा, रुन्टिगढी गाउँपालिका-१ चिप्लेखोलास्थित खोल्सामा सोही गाउँपालिका-२ धौलडाँडा बस्ने २१ वर्षीय राजेन्द्र बिक सोमबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१७ अमलटारीघाटस्थित नारायणी नदी किनारमा भक्तपुर नगरपालिका-२६ दिव्यनगर बस्ने ३२ वर्षीय सुरेश महतो सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता सप्तरी, सुरूङगा नगरपालिका-४ कदमाहस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थान मन्दिरको कम्पाउण्डभित्र पेटीमा बस्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार