जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकी नदीमा खस्यो

मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ । आज (बुधबार) ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँबाट नदीमा खस्दा बसमा सवार २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस करिब ४५ मिटर तल खसेको हो ।



गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा ल्याइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

 

सम्बन्धित समाचार