प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



त्यस्तै भेटमा राष्ट्रपति निर्वाचनको विषयमा पनि छलफल भएको छ । नेकपा एमालेले राष्ट्रपति आफूले अडान लिइरहेको छ । यता माओवादी केन्द्र लगायत अन्यले दलले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपति चयनको विषयमा सत्ता साझेदार दलहरुबीच मतभेद देखिएको छ । राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमा अज्जा उनीहरूबीच भेटवार्ता भएको हो ।

सम्बन्धित समाचार