मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-४ तारानगरस्थित मानव सेवा आश्रममा बस्दै आएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया सिता मानव नामले चिनिने महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै मोरङ, सुन्दर हरैचा नगरपालिका-७ बस्ने ५५ वर्षीय लक्ष्मण ऋषिदेव बेलबारी नगरपालिका-३ मा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ सान्नानटारस्थित गोठमा ज्याला मजदुर गरी हिड्ने हाल वतन र एकिन नाम नखुलेका श्याम भन्ने ६० वर्षीय पुरुष बुधबार मृत अवस्थमा फेला परेका छन् ।



यस्तै जुम्ला, सिँजा गाउँपालिका-५ सनिगाउँ बस्ने ८० वर्षीय कार्मा रोकाया आफ्नै घरबाट करिब ५० मिटर टाढा आफ्नै बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । उता पर्सा, पर्सागढी नगरपालिका-१ कोइलाभार बस्ने ६० वर्षीय लाल बहादुर भुजेल आफ्नै घरदेखि करिब ३ किलो मिटर टाढा जङ्गलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोमबार घाँस स्याउला काट्न जङ्गल गएकोमा उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जङ्गलमा शव फेला परेको हो ।

त्यसैगरी झापा, गौरादह नगरपालिका-९ बैगुन्धुरास्थित बाङ्गे बजारमा कमल गाउँपालिका- १ बस्ने ६० वर्षीय सुनिराम हेमरम बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा, गौरादह नगरपालिका-२ बस्ने ८६ वर्षीय धनमाया ढकाल आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यता भोजपुर, आमचोक गाउँपालिका-४ सुनरपुल बस्ने ४३ वर्षीय भद्र बहादुर बिक सोही ठाउँस्थित गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवन, रत्ननगर नगरपालिका-७ बद्रेनीस्थित राप्ती नदीमा भरतपुर महानगरपालिका-११ बस्ने ३१ वर्षीय प्रसन्न न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता रामेछाप, मन्थली नगरपालिका-१३ देविटारस्थित तामाकोसी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेको मानिसको सडेगलेको अवस्थामा बुधबार शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार