जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा दार्चुला, लेकम गाउँपालिका-४ झलाती घर भई हाल शैल्यशिखर नगरपालिका-९ पथ्थरयानीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय प्रेम पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार