पूर्वमन्त्री श्रेष्ठको निधन

पूर्व स्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । आज (सोमबार) बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज निधन भएको उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।



विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका छ छोरा र एक छोरी छन् । उनको निधनप्रति सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत वामपन्थी नेताहरुले दुःख व्यक्त गरेका छन् । उनको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

सम्बन्धित समाचार