नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।
नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आइतबार उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
यसअघिप्रसाईँले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । उनको कदमप्रति एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो ।
तर, पार्टीले कारबाही गर्नुपूर्व नै उनले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।