कोइरालाले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मुख्य भूमिका रहन्छ भनेपछि…

नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रको मुख्य भूमिका रहने बताएका छन् । आज (मंगलबार) प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

‘राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रको मुख्य भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस्’ उनले भने



त्यस्तै उनले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । कोइरल्ले पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको स्पष्ट पारे । नेता कोइरालाले भने , ‘दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिन्छ ।’

लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, शुसासन, पारदर्शिता हुनाका साथै दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो ।

सम्बन्धित समाचार