नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) दिउँसो १ बजेबाट संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
भिडियो –
भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल