बाजुराको विच्छ्या केन्द्रबिन्दु भएर भूकम्प

बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बुधबार) दिउँसो १ बजेर ४५ मिनेट जाँदा बाजुराको विच्छ्या केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विच्छ्या केन्द्रबिन्दु ​भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत महसुस गरिएको थियो ।



गत माघ १० बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा एक जनाको मृत्यु भएको थियो । भूकम्पको ठीक एक महिनापछि आज बाजुरामा पुनः भूकम्प गएको हो । भूकम्पबाट क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

 

सम्बन्धित समाचार