नवकान्तिपुर संवाददाता
काठमाडौं, १० फागुन ।
नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकले चौधरीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।
चौधरीले कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टरमा आगजनी गरेको मुद्दामा सांसद चौधरी जेल परेका थिए ।