नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेका छन् । शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । पछिल्लो समय नेपालमा जबरजस्ती करणीको घटना बढिरहेको छ ।

