म्यानचेस्टर युनाईटेड युरोपा लिगको अन्तिम १६ मा

स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । बिहीबार राती भएको दोस्रो लेगमा बार्सिलोनालाई २-१ ले पराजित गर्दै समग्रमा ४-३ को जित निकाल्दै म्यानचेस्टर युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो ।

म्यानचेस्टर युनाईटेड



यसअघि बार्सिलोनाकाको घरेलु मैदानमा क्याम्पनाउमा भएको पहिलो लेगमा यी दुई टोलीले २-२ को बराबरी खेलेका थिए । म्यानचेस्टर युनाईटेडको घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाईटेडले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

बार्सिलोना

खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ४७ औं मिनेटमा म्यानचेस्टर युनाईटेडका फ्रेडले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै म्यानचेस्टर युनाईटेडलाई २-१ को जित दिलाए । सन् १९९८/९९ को सिजन पछि बार्सिलोना पहिलो पटक युरोपा लिगको अन्तिम १६ मा पुग्न नसकेको हो ।

सम्बन्धित समाचार